Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

के तपाई पनि कौसी खेती गर्ने सोचमा हुनुहुन्छ, तर आफ्नो घरले भार थेग्न सक्दैन कि भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यसो हो भने अब चिन्तमुक्त हुनुहोस । किनकी तपाईको कौसी मा तपाईले सोचेभन्दा बढी भारवहन क्षमता हुन्छ । एकछिन मनन गर्नुहोस त यदी तपाईंले आफ्नो घरको तल्ला थप्नु भयो भने थपेको तल्लाको कोठाहरुमा खाट, दराज, सोफा, टेबल, भाँडाकुडा आदी गरेर थुप्रै समान अट्छ नि है ? ति समानहरुको वजन नै नाप्ने हो भने लगभग १००० के जि हुन पुग्छ । हो, त्यसैगरी तपाईले कौसी खेती गर्दा पनि तपाईको कौसिले १००० के जि हाराहारी को भार वहन गर्न सक्छ । कतिजनाले त आफ्नो कौसिमा खेतिलाई व्यवसायिकरण पनि गर्नुहुन्छ, उहाँहरुले आफ्नो परिवारलाई पुग्ने मात्र नभई बजारमा बेच्ने गरी टन्नै तरकारी तथा फलफुल उत्पादन गर्नुहुन्छ । त्यसैले कौसी खेती गर्दा तपाईको घरलाई कुनै किसिमको थेग्न नसक्ने खालको भार पर्दैन र तपाईं, ढुक्क सँग कौसी खेती गर्न सक्नुहुन्छ ।

Scroll to Top