Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

    प्लाष्टिक ट्रे / नर्सरी ट्रे: बजारमा सानो सानो थुप्रै कप भएको विभिन्न आकार र नापको कालो रङको प्लाष्टिक ट्रे पाइन्छ । हरेक कपमा बिउ राख्न सकिन्छ र कपको मुनी पानीको निकासका लागी प्वाल बनाईएको हुन्छ । प्लास्टिक ट्रेमा विशेष गरी साना दाना हुने बाली जस्तै खुर्सानी, टमाटर, भण्टा, रायो, स्विस चार्ड जस्ता बालीहरुको बेर्ना तयार पारिन्छ । प्लाष्टिक ट्रेमा बेर्ना तयार पार्ने विधि:

  एक भाग मलिलो बुर्बुराउँदो माटो, एक भाग कोकोपिट र एक भाग कम्पोष्ट मलको मिश्रण तयार गर्ने

  त्यो मिश्रण लिएर प्लाष्टिक ट्रेमा भएका कपहरु भर्ने, भर्दा मिश्रण खुकुलो हुने गरी भर्ने, थिचेर अटसमटस नपार्ने

  त्यस्पछी हरेक कपमा बिउ खसाल्न १-१ वटा प्वाल बनाउने र हरेक प्वाल मा बिउ खसाल्ने

  अनी माथिबाट फेरी अघिको मिश्रण हल्का गरेर छरेर बिउलाई छोप्दिने

  हरेक दिन बिहान र बेलुका बिउलाई पानी भर्दिने

  बालीको प्रकार अनुसार २१ देखी ३० दिनमा बेर्ना तयार हुन्छ

  बेर्ना निकाल्नु अघी मिश्रणलाई सरर भिजाउने

  त्यस्पछी ट्रे को मुनिको प्वालबाट औंला वा लट्ठीले थिचेर माथी धकेल्ने

  यसो गरेपछी बेर्न मिश्रणसङ्गै निस्कन्छ र अर्को भाँडामा सार्न सकिन्छ ।

  •       पोलीब्याग: पोलीब्याग कालो रङको थैलो जस्तो हुन्छ । पोलिब्यागमा लहरे बालीहरू जस्तै ईस्क्वास, काँक्रो, लौका, फर्सी, घिरौंला, तीते करेला आदि बालीहरू जसको दाना ठुलो हुन्छ, तीनको बेर्ना तयार पारिन्छ । बिरुवाको कलमी काटेर पनी पोलिब्यागमा रोप्न सकिन्छ । पोलिब्याग प्रयोग गर्नुभन्दा अघी पानी निकासको लागी प्वाल पार्नु आवश्यक हुन्छ । एक भाग मलिलो माटो, एक भाग कोकोपिट र एक भाग मलको मिश्रणलाई पोलिब्यागमा भरिन्छ र बिउ खसाल्न प्वाल बनाइन्छ । बिउलाई प्वालामाअ खसालेर मिश्रणले छोपिन्छ र हरेक दिन बिहान बेलुका पानी लगाइन्छ । बेर्नामा २-३ पात राम्ररी हुर्केपछी पोलिब्यागलाई काटेर वा तलपट्टी बाट हल्का हल्का ढकालेर बेर्नालाई मुख्य स्थान वा भाँडामा मिश्रण सहित सारिन्छ ।
  •      प्लाष्टिकको /काठको /फाइबर बाकस: कौसी खेती गर्दा प्लाष्टिकको/काठको/ फाइबर बाकसमा पनी बेर्ना तयार गर्न सकिन्छ। बाकस छान्दा चौडाइ १ मि लामो भएको अनि लम्म बाइ आफ्नो इक्षा अनुसारको  बाकस लिँदा हुन्छ । बाकसमा बेर्ना तयार पार्दा पहिले माटो, मल र कोकोपिटको बारा बर भागमा मिश्रण बनाएर बाकस भर्ने र हल्का पानीले भिजाउने । त्यसपछी सागबालीको बिउ भए छर्ने अनि टमाटर, खुर्सानी, बन्दा आदिको बिउ छ भने बाकसको चौडाइ बाट १०-१० सेमी को अन्तरमा १-१५ सेमी गहिरो लाईन तान्ने अनि त्यसमा २ सेमीको अन्तर गरेर हरेक लाईनमा बिउ गाड्ने र माथीबाट मिश्रणले छोपिदिने । त्यसपछी दैनिक बिहान बेलुका हजारीले पानी लगाउने । यसरी तयार गरिएको बेर्नालाई अन्तत मुख्य स्थल वा भाँडामा सार्न सकिन्छ। जाडो या वर्षा याममा बेर्ना जोगाउन बाकसलाई माथिबाट टेका लगाएर गुमोजले छोप्न सकिन्छ वा परालको छापो लगाउन पनी सकिन्छ ।
Scroll to Top