कौसी खेती त गर्ने तर माटो कहाँबाट ल्याउने ? यो प्रश्न कौसीखेती गर्न खोज्ने हरेक शहर बासीको मनमा हुन्छ । येसो हेर्दा माटो जता ततै देखिन्छ तर कतै घडेरी कतै के, माटो खन्न मिल्ने ठाउँ त कतै छैन । त्यसैले बेला बखत मिलेको बेलामा माटो जम्मा गरेर राखी राख्नु महत्वपुर्ण हुन जान्छ । माटो जस्तो गुणस्तरको भएपनि त्यसलाई राम्रो बनाउन सकिन्छ, त्यसैले सम्भव भए सम्म मलिलो माटो खोज्ने नभएमा जस्तो फेला पर्छ त्यो ल्याउने र सुधार गर्न तर्फ लाग्ने ।
माटो पाउने मुख्य श्रोत भनेको बन्दै गरेको घर मा घडेर बनाउदा खेर जाने माटो हुन सक्छ, खेति हुदै आएको जग्गाको माटो हुन सक्छ ।
भक्तपुरमा बस्नुहुने राजकुमार राइ आफ्नो कौसी खेतीलाई चाहिने माटो संकलन गर्न कतै घुम्न जादा बोरा लिएर जानु हुन्छ । हजुरहरु पनि कतै घुम्न गाउँ तिरको यात्रामा जादै हुनु हुन्छ भने त्यहाँ बाट पनि २-४ बोरा मलिलो माटो जम्मा गर्न सक्नुहुन्छ । त्यसो गर्दा राम्रो मलिलो र गुणस्तरीय माटो फेला पार्न सजिलो हुन्छ ।
यदि यो सम्भव भएन भने अहिले कौसी खेति संग सम्बन्धित थुप्रै कम्पनिहरु छन् जसले तपाईंहरुलाई आवश्यक माटो उपलब्ध गराइदिन सक्छन । बिरुवा बिक्रि वितरण गर्ने नर्सरी हरुमा पनि थैला भर्नको लागि माटो ल्याएर राखिएको हुन्छ जुन धेरै जसो भक्तपुर र काठमाडौँ नजिकैका डाडा खरने क्रममा जम्मा भएको माटो हुन्छ ।
