लहरा जाने तथा फल थाम्न नसकी पुरै बोट तथा हाँगा निहुरिने बालीहरूमा टेका लगाउनु पर्दछ र बिरूवा र टेका बाँध्दा हलुका गरी बाँध्नुपर्दछ । काण्ड कमजोर हुने, लहरा जाने जस्ता फल धान्ने बालीहरूलाई थाँक्रो दिनुपर्छ । थाँक्रो दिनाले बोटबिरूवाहरूको प्रत्येक भागमा राम्ररी हावा र सूर्यको प्रकाश पुग्छ । थाँक्रो दिंदा रूखका हाँगाविंगा, बाँस, डोरी आदि प्रयोग गर्न सकिन्छ । प्रत्येक बोटलाई बोटको उचाई अनुसार ३–६ फिट लामो बाँसको कप्टेरा वा कुनै लठ्ठीको टेका भाँडाको छेउबाट राखी बिरूवाको मूल काण्ड बाँध्दै जानुपर्छ ।फर्सी समूहका सबै बालीहरू, गोलभेंडा, सिमी, बोडी, केराउ जस्ता लहरे बालीलाई थाँक्रो दिनुपर्छ ।थाँक्रो दिनाले फलको गुणस्तरमा विकास हुन्छ, रोग र कीराबाट हुने नोक्सानीबाट बचाउन सकिन्छ तथा जमीन छुने अथवा लत्रेर फल कुहिने र नोक्सान हुनेबाट बचाउँछ ।
ठाउ मिलाउने
0/4
भार अनुमान गर्ने
0/3
माटो संकलन गर्ने
0/6
पानी को जोहो
0/4
बालि ब्यबस्थापन
0/10
मल ब्यबस्थापन
0/2
समय कसरी मिलाउने
0/3
रोग किरा बुझ्ने
0/5
कौसीमा विभिन्न प्रबिधीहरु
