कौसी खेतीमा बालीलाई पानी लगाउँदा कतिजना लाई आफ्नो कौसी रसाउने हो कि, छतबाट चिसो पस्ने हो कि भन्ने चिन्ता लाग्छ । तर यदी घरको निर्माण गुणस्तरीय समाग्रीको प्रयोग गरी राम्रोसँग गरिएको छ भने बालीमा पानी लगाउँदा छत रसाउने समस्या कतिपनि देखा पर्दैन । तापनि सिपेजको लागि सावधानी अपनाउन चाहनुहुन्छ भने निम्न उपाय अपनाउन सकिन्छ:
- छतको भुईमा सिधै माटो हालेर खेती नगर्ने, खेतीका लागी अन्य भाँडाको प्रयोग गर्ने
- यदी छतको भुइमै खेती गर्न मन भए भुइमा प्लाष्टिक ओछ्याएर वा इटा चढाएर मात्र माटो हाल्ने अनि खेती गर्ने भागलाई इटाले घेर्ने
- बाली लगाउने भाँडाहरुलाई सिधै भुईमा नराखी फलामको र्याकमाथि राख्ने
- कौसी खेतीमा सिंचाइ गर्दा सकेसम्म ख्याल राखेर खेती गर्ने भाँडा भन्दा बाहिर पानी नजाने गरी सिंचाइ गर्ने
- हाइड्रोपोनिक्स, एरोटवर जस्ता नयाँ प्रविधिमा बालीमा पानी आफै लाग्ने र बन्द हुने अनि प्रणाली बाहिर पानी पनि नजाने हुनाले यस्तो प्रविधी अपनाएमा छतको भुईमा पानी जाँदैन अनि रसाउने समस्या पनी भएन।
