Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

पानी बिना कुन प्राणी बाँच्न सक्छ र? थोरै-धेरै जती भए पनी आखिर सबै प्राणीलाई पानीको आवश्यकता त परिहाल्छ । यस्तैगरी बिरुवाहरुलाई पनी बाँच्न अनि राम्रो उत्पादन दिनका लागी पानी चाहिन्छ । बिरुवाको किसिम अनि मौसम अनुसार पानी को आवश्यकता फरक-फरक हुन्छ तर समग्र रूपमा हेर्ने हो भने कौसीबारीमा खेती गरिएका तरकारीहरूलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ, बढी सुख्खा र बढी पानी हुन दिनु हुँदैन अनि कुनैपनि हालतमा पानी जम्न दिनु हुँदैन । जाडो महिनामा हप्तामा एक पटक १ वर्गमिटरमा ५ लिटर पानी र गर्मीमा हप्तामा ३ पटक राख्ने हो भने पर्याप्त हुन्छ. यो हिसाबले यदि १०० ओटा बिरुवा रोप्ने ठाउँ निर्माण गर्नु भएको छ भने एक महिना मा  ३०० देखि ५०० लिटर पानीको आवस्यकता पर्दछ. एती पानी ब्यबस्थापन भान्साबाट निस्किने ग्रे वाटर र आकासे पानी संकलन बाट सजिलै गर्न सकिन्छ. कहिलेकाहीं  चर्को घाम लाग्दा प्लास्टिक तथा भाँडा तातेर बिरूवा ओइलाउन थाल्दछ, यस्तो अवस्थामा बिरूवालाई छहारीतिर सार्नु पर्दछ वा शित्तल गराउन छहारी प्रदान गर्नुपर्छ । माटोमा पानी कायम राख्न माटोमा कोकोपिट मिसाउन सकिन्छ जसले लामो समयसम्म पानी स्वछेर माटो र बिरुवा दुबैलाई चाहिने चिस्यान कायम राख्छ । यसका साथै पराल, सुकेका पातहरुले माटोलाई ढाकेर छापो दिएमा पनी माटोमा लामो समयसम्म चिस्यान रहिरहन्छ ।

Scroll to Top