Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

मुद्धा एक समाधान अनेक! कौसी खेती गर्दा कौसिमा पर्ने वजन कम गराउन थुप्रै उपायहरु अपनाउन सकिन्छ:

  • हलुका रोपण माध्यमको प्रयोग: कौसी खेतीमा वजन कम गर्न माटोको सट्टा अरु हलुका रोपण माध्यमको प्रयोग गर्न सकिन्छ, जस्तै कोकोपिट, पर्लाईट, पिटमस आदी । कुनै एउटा ड्रममा १०० के जी माटो जान्छ भने त्यही ड्रम भर्न ३०  के जी कोकोपिट वा पाकेकोमल  पर्याप्त हुन्छ अर्थत कोकोपिट र पाकेको मलको घनत्व माटोको घनत्वभन्दा ७०% कम हुन्छ जसको प्रयोगले कौसिमा पर्ने भार कम गर्न सकिन्छ ।
  • घरको बिम र पिल्लरमा वजन वितरण: कौसी खेती गर्दा रोप्ने भाँडाहरु बिम र पिल्लरको माथी पर्ने गरी राख्नाले भाँडा तथा माटोको भार घरको जगसम्म वितरण हुन्छ, जसले गर्दा घरको पर्खाल तथा अन्य भागमा कम भार पर्न जान्छ ।
  • हलुका रोप्ने भाँडाको प्रयोग: कौसी खेती गर्दा माटो तथा सिमेन्टको गमलाको सट्टामा अरु हलुका भाँडाहरु जस्तै ग्रो ब्याग, प्लास्टिक ट्रे, तरकारीको ट्रे, माछाको कन्टेनर,फाइबर बाकस आदी प्रयोग गरेर पनी केही हदसम्म घरमा पर्ने वजन कम गर्न सकिन्छ ।
  • बिरुवाको छनौट: कौसी खेतीका लागी बिरुवा छनौट गर्दा धेरै नझाङ्गिने अनि जरा धेरै गहिरो नफैलिने बिरुवा छानेमा सानै भाँडा र थोरै माटोमै बिरुवाको उत्पादन लिन सकिन्छ जसले घरमा पर्ने भार स्वतह कम हुन जान्छ ।
Scroll to Top