Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

हजारीको प्रयोग: यदी तपाईंले कौसीमा सिमित बाली मात्र लगाउनुभएको छ अनि यसका लागी धेरै बजेट छुट्ट्याउनु भएको छैन भने तपाईंले हजारीको प्रयोग गरेर बालीमा सिंचाइ गर्न सक्नुहुन्छ । हजारीको प्रयोगले पानीलाई सानो सानो फोहोराहरुमा वितरण गर्ने हुनाले माटोलाई उछिट्टिन नदिई बिरुवाले समान रूपमा पानी पाउने गरी सिंचाइ गर्न सकिन्छ । पानी बिहान र साँझापाख गरेर दुई पटक लगाउनु पर्दछ ।

  • थोपा सिंचाइ: तपाईंको दैनिकी व्यस्त छ जसले गर्दा कौसी बालीमा नियमित पानी लगाउन भ्याउनुहुन्न, अथवा तपाईंलाई आफ्नो बालीमा निरन्तर पानी गैइरहोस जस्तो लाग्छ अनि त्यसको लागी केही बजेट छुट्ट्याउनुभएको छ भने थोपा सिंचाइ सबैभन्दा राम्रो उपाय हो ।थोपा सिंचाइमा पाइप मा प्वाल बनाएर बालीको जरा जरामा पुग्ने गरी निरन्तर थोपा थोपा गरी पानी दिइन्छ । यस विधिको प्रयोगले बालीलाई चाहिने पानी निरन्तर दिनुका साथै पानीको बचत पनि गर्न सकिन्छ ।

Scroll to Top