Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

कौसी खेती गर्दा कस्तो भाँडामा खेती गर्ने भन्ने कुरामा अन्योलामा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने अब ढुक्क हुनुहोस्, तपाईले आफ्नो कौसीमा उपलब्ध स्थान तथा खेती गर्न मन लागेको बाली अनुसार थुप्रै थरीका खेती गर्ने भाँडाहरु रोज्न सक्नुहुन्छ, यी मध्य कति त तपाईकै घरमा प्रयोगमा नआई थन्केर बसेका पनि होलान्, यसो नजर घुमाउनुहोस है त!

  • माटोको गमला: माटोका गमलामा तापक्रमको सन्तुलन मिल्ने भएकाले विरुवा फस्टाउँछ तर माटोको गमला गर्हौ हुने भएकाले कौसिमा गमला राख्दा बिम वा पिल्लर माथी पर्नेगरी राख्नपर्छ । बजारमा माटोको गमला विभिन्न आकारमा पाइने भएकाले बिरुवाको जराको गहिराइ अनुसार चाहिने गमला प्रयोग गर्न सकिन्छ । गमलामा प्राय जसो सबै थरिका तरकारी, फलफूल, मसला, फूल बालीहरु लगाउन सकिन्छ ।
  • प्लाष्टिकको कन्टेनर/ माछाको बाकस/ काठको बाकस: बजारमा विभिन्न किसिम र आकारका तरकारी राख्ने प्लाष्टिका ट्रे, कन्टेनर, माछाको बाकस, काठको बाकस आदी पाइन्छ । यी भाँडाहरुमा सानो देखी मध्यम जरा हुने तरकारी तथा फलफूलहरु जस्तै लसुन, सागपात, प्याज, धनीया, पुदिना, बन्दा, काउली, ब्रोकाउली, मूला, गाँजर, सलगम, स्ट्रबेरी आदी लगाउन सकिन्छ । प्लास्टिकको भाँडाहरुमा माटो छिट्टै तात्तीने र सेलाउने हुनाले बालीमा असर पुग्न सक्छ, त्यसैले प्लाष्टिकाका भाँडाहरु सिधै घाम नपर्ने तर तातो कायम रहिरहने स्थानमा राख्दा राम्रो हुन्छ । 
  • ग्रो ब्याग: बाहिर सेतो र भित्र कालो रङ हुने भएकाले ग्रो ब्यागमा लामो समयसम्म तापक्रम सन्तुलित रहिरहने र हलुका वजन भएकाले कौसिखेतिका लागी ग्रो ब्याग निकै उपयुक्त मानिन्छ । ग्रो ब्यागमा सागपात, भिन्डी, भन्टा, टमाटर, बन्दा, काउली, ब्रोकाउली, खुर्सानी आदी लगाउन सकिन्छ ।
  • काटेको ड्रम: कौसी खेतीमा प्रयोमा नआउने पुराना ड्रम काटेर तलको भागमा बाली उत्पादन गर्न सकिन्छ । ड्रम गहिरो हुनाले यसमा धेरै माटो जान्छ र गर्हौ हुन्छ त्यसैले यसलाई बिम र पिल्लरमा पर्ने गरी राख्नुपर्छ । ड्रममा अ्बा, कागती जस्ता फलफूल्हरु अनि गहिरोसम्म जाने तरकारीहरु जस्तै काँक्रो, स्कुस, फर्सी लगाउन सकिन्छ ।
  • बोट्टल: कौसी खेतीमा खाली बोट्टलहरु पनी प्रयोगआमा ल्याउन सकिन्छ । थुप्रै बोट्टलहरुलाई डोरी तथा काठको लिस्टिका अनि किल्लाको सहायताले जोडेर घाम लाग्ने भिता वा पर्खालमा ठाडो सतह उपायोग हुने गरी राख्न सकिन्छ । बोट्टलामा साना जरा हुने बालीहरु जस्तै लसुन, धनीया, पुदिना, खुर्सानी, अन्य फूलहरु आदी लगाउन सकिन्छ ।
  • प्लाष्टिकको गमला: प्लाष्टिकको गमलाहरु सिडीको छेउ, पर्खाल, रेलिङमा झुन्ड्याएर राख्न सकिन्छ । विभिन्न रङमा आकर्शक देखिने यी गमलामा विशेषगरी फूलहरु लगाइन्छ ।
  • टावर: कौसीमा हाइड्रोपोनिक्स, एरोपोनिक्स जस्ता नयाँ प्रविधिहरु उपयोग गरेर टावरमा खेती गर्न सकिन्छ । यी प्रविधिहरुले ठाडो सतहको प्रयोग गरेर थोरै स्थानमा धेरै बाली लगाउन सकिन्छ । टावरमा लहरे बाली तथा धेरै झ्याङ्गिने बाली बाहेक सबै थरीका तरकारी तथा फूलहरु लगाउन सकिन्छ ।
Scroll to Top