Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

कौसी खेतीमा बालीलाई पानी लगाउँदा कतिजना लाई आफ्नो कौसी रसाउने हो कि, छतबाट चिसो पस्ने हो कि भन्ने चिन्ता लाग्छ । तर यदी घरको निर्माण गुणस्तरीय समाग्रीको प्रयोग गरी राम्रोसँग गरिएको छ भने बालीमा पानी लगाउँदा छत रसाउने समस्या कतिपनि देखा पर्दैन । तापनि सिपेजको लागि सावधानी अपनाउन चाहनुहुन्छ भने निम्न उपाय अपनाउन सकिन्छ:

  • छतको भुईमा सिधै माटो हालेर खेती नगर्ने, खेतीका लागी अन्य भाँडाको प्रयोग गर्ने
  • यदी छतको भुइमै खेती गर्न मन भए भुइमा प्लाष्टिक ओछ्याएर वा इटा चढाएर मात्र माटो हाल्ने अनि खेती गर्ने भागलाई इटाले घेर्ने
  • बाली लगाउने भाँडाहरुलाई सिधै भुईमा नराखी फलामको र्‍याकमाथि राख्ने
  • कौसी खेतीमा सिंचाइ गर्दा सकेसम्म ख्याल राखेर खेती गर्ने भाँडा भन्दा बाहिर पानी नजाने गरी सिंचाइ गर्ने 
  • हाइड्रोपोनिक्स, एरोटवर जस्ता नयाँ प्रविधिमा बालीमा पानी आफै लाग्ने र बन्द हुने अनि प्रणाली बाहिर पानी पनि नजाने हुनाले यस्तो प्रविधी अपनाएमा छतको भुईमा पानी जाँदैन अनि रसाउने समस्या पनी भएन।
Scroll to Top