कौसी खेती गर्दा विशेष गरी दुई प्रकारले मल तयार पार्न सकिन्छ।
कम्पोष्ट मल: घरबाट दैनिक निस्कने सडेर जाने फोहर जम्मा गरी स–सानो टुक्रा पारी खाडल वा ड्रममा राखी कुहाएर मल बनाउन सकिन्छ । घरबाट निस्कने फोहोरलाई दुई भागमा विभाजन गर्न सकिन्छ:
- हरियो फोहोर: हरियो फोहोरमा नाइट्रोजन तत्त्व हुन्छ । आलुको बोक्रा, प्रयोग गरिसकेको चियापत्ति, तरकारी केलाएको बोक्रा, बाँकी रहेको खाना, आगँन गोडमेल गरेको झारपात आदी हरियो फोहोरमा पर्छन ।हरियो फोहोरमा पानीको मात्रा धेरै हुन्छ ।
- खहिरो फोहोर: खहिरो फोहोरमा कार्बन तत्त्व हुन्छ ।अण्डा को बोक्रा, अण्डाको करेट, पत्रीका, कार्टुन बाकस, कपाल आदि खहिरो फोहोरमा पर्छन । खहिरो फोहोर सुक्खा हुन्छ ।
मललाई राम्ररी पकाउन 1 भाग खहिरो फोहोरसँग १ भाग हरियो फोहोर मिसाउनुपर्छ । यसो गर्दा खहिरो फोहोरले हरियो फोहोरबाट निस्कने झोललाई स्व्छेर राम्ररी मल पाक्छ । चाँडै गलाउन, मललाई पुरा पकाउन, मलको तत्त्वको मात्रा बढाउन तथा चाँडो मल तयार पार्न जीवातु झोल को प्रयोग गर्न सकिन्छ । यसरी तयार भएको मललाई गमला वा छतमा लगाइएका तरकारी बालीहरूमा राम्रो खाद्यतत्त्वको रूपमा प्रयोग गर्नु पदर्छ । मल बनाउँदा साधारणतया ३० देखि ४० प्रतिशत चिस्यान हुनु पर्छ यसको लागि हातले मुठी पार्दा डल्लो पर्ने तर पानी नचुहिने भएमा राम्ररी मल बन्छ।
- मल बनाउँदा प्रयोग गर्न नहुने फोहोरहरु: मल बनाउँदा नुनिलो खानेकुरा, कागती, डेरी उत्पादनहरु, औषधि, मासु, चुरोट,रोगी बिरुवाहरु आदिको प्रयोग गर्नुहुँदैन । यस्ता चिज हरु मल पकाउने जिवाणुहरुले रुचाउँदैनन्, जसले गर्दा यिनीहरुको संख्या घटेर मल राम्ररी पाक्दैन ।
