बिहान बेलुकै सधै भात मात्र खाएर हामीलाई सन्तोक हुन्छ र? हाम्रो पेट ले सधै फरक फरक खानेकुरा माग्छ, त्यस्तै गरि खेतबारीमा पनि हामीले मौसम अनुसार बलि परिवर्तन गर्नु पर्छ । वर्ष भरि एउटा बारीमा गोलभेडा मात्र लगाउने हो भने त्यस्मा रोग किराको संक्रमण बढ्दै जान्छ । त्येसैले एक प्रकारको बालि झिके पछि अर्कै किसिमको बाली लगाउनु पर्छ ।
कौसीमा लगाउने बालीको परिवार विभाजन: बालि चक्र आपनाउदा बोट बिरुवाको परिवारको ज्ञान हुनु आवस्यक छ । हाम्रो चलन चल्तीमा भएका बोट बिरुवा र तिनको परिवार यी हुन् ।
- काउली परिवार- काउली, बन्दा, ग्याठ कोबी, ब्रो-काउली, रायो, मुला, सलगम, आदि
- आलु परिवार: गोलभेडा, आलु, भन्टा, खुर्सानी, भिडे खुर्सानी आदि
- फर्सि परिवार- फर्सि, काक्रो, करेला, घिरौला, लौका, कुबिंन्ड़ो, चिचिँन्ड़ो, इस्कुस आदि
- कोसे बाली परिवार: केराउ, चना, सिमि, बोडी, इपिल इपिल, र कोसा हुने सबै बालि
बालि चक्र बनाउदा प्रत्येक मौसममा फरक फरक परिवारको बालि हुने गरि मिलाउनु पर्छ । एक वर्षमा कम्तिमा एकपटक सबै बारीमा कोसे बालि मिसाएको हुनु पर्छ जसले गर्दा माटोमा नाइट्रोजनको मात्र पर्याप्त मात्रामा हुन्छ ।
हामीले खाने तरकारीको बिभाजन: हामीले खाने तरकारी उपयोग गरिने भाग हेर्ने हो भने ४ प्रकारका हुन्छन ।
- जरा खाने: आलु, तरुल, पिडालु, सखरखण्ड, गाजर, मुला, सलगम आदि
- कोसा खाने: कोसे बाली सबै
- पात खाने: साग, सुप, बन्दा, काउली आदि
- फल खाने: खुर्सानी, भन्टा, करेला, काक्रो, फर्सि आदि
बालि चक्र मिलाउदा मौसम अनुसार यी ४ प्रकारको पनि सन्तुलन मिलाउनु पर्छ । प्रत्येक मौसममा आफ्नो जमिनमा प्लट छुट्याएर यी ४ किसिमका तरकारी रोप्न पर्छ । यसरी रोपेमा माटोमा उर्बर सक्ति नि बलियो बन्छ, र आफ्नो भान्सामा सधै फरक फरक तरकारी खाना सकिन्छ ।
