Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

जसरी हामीलाई भात, दाल, २-३ थरि तरकारी मिसाएर खादा स्वाद पर्छ, त्यसै गरि बारीमा पनि जति धेरै तरकारी मिसाएर रोप्यो त्यती राम्रो फल्छ । बिरुवा मिसाउदा त्यसमा भएको गन्ध, रंग, आकार प्रकारले किरा नियन्त्रणमा ठुलो मद्दत गर्छ । अनि फरक फरक बिरुवाको फरक किसिमको जरा हुन्छ जसले गर्दा पोषणको प्रयोग राम्रो संग हुन्छ, बगेर नास हुने सम्भावना कम्ति हुन्छ । फरक फरक बाली मिसाएर रोप्दा सानो ठाउँबाट धेरै मात्रामा बाली उत्पादन गर्न सकिन्छ । यसरी बाली मिसाउदा ध्यान पनि दिनु पर्छ । घाम चाहिने बिरुवालाई ओजेल गराउनु हुदैन, धेरै पानि र थोरै पानि चाहिने बिरुवा मिसाएर लगाउनु हुदैन, एकै परिवारको बिरुवा मिसाएर लगाउनु उपयुक्त हुदैन र सकेसम्म गन्ध आउने बाली जस्तै लसुन, प्याज, धनिया, सयपत्री आदि जुनसुकै बेलामा मिसाउदा पनि हुन्छ ।

 

Scroll to Top