Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

बालीको जिवन चक्रको सुरुआत नै बिउ बाट हुन्छ ।कुनै बाली राम्रो सँग हुर्किने वा नहुर्किने, उत्पादन राम्रोसँग दिने वा नदिने कुरा एउटा बिउ राम्रो र स्व स्थ छ छैन भन्ने कुरामा धेरै निर्भर गर्छ त्यसैले बिउ तयार पार्दा सावधानी पूर्वक तयार पार्नुपर्छ ।

बिउ तयार गर्ने विधि:

  •       बिउ निकाल्न राम्ररी पाकेको, रोगकिरा नलागेको र राम्रो आकार भएको फल छान्नुपर्छ ।
  •       फलबाट बिउलाई छुट्टाएर राम्ररी पखालेर सफा गर्नुपर्छ ।
  •       पखालेर सफा गरेको बिउलाई घाममा मज्जाले सुकाउनुपर्छ, बिउमा चाहिने भन्दा धेरै आद्रता भएमा रोग तथा किरा लाग्ने, कुहिने समस्या देखा पर्न सक्छ ।
  •       बिउ सुकेर हलुका भएपछी हातमा लिएर उफार्दा छङ्छङ बज्यो भने बिउ तयार भएको बुझ्न सकिन्छ ।
  •      यसरी सुकेको बिउलाई खाम वा प्लाष्टिकमा सिल गरेर वा सिसाको जारमा बिर्को लगाएर हावा नछिर्ने गरी भण्डारण गर्न सकिन्छ ।
Scroll to Top