याद राखौँ, विरुवा रोग र किरा लागेर मात्र अस्वस्थ हुँदैन है! विरुवा अस्वस्थ हुनाका अन्य कारणहरु निम्न बमोजिम हुन सक्दछन् :
१. विरुवाले अति धेरै वा अति कम सुर्यको प्रकाश पाएमा
२. विरुवाले अति धेरै वा अति कम पानी पाएमा
३. विरुवाले अति धेरै वा अति कम न्यानो पाएमा
४. जमिनको तयारी राम्रोसँग नभएमा
५. माटोमा प्रशस्त मात्रामा कम्पोष्टको प्रयोग नभएमा
६. बोट विरुवा सार्दा जरा चुडिएमा वा चोट पटक लागेमा
७. माटोमा विरुवालाई आवश्यक पर्ने खाद्य तत्वको कमी भएमा वा असन्तुलित भएमा
८. बोट विरुवा धेरै नजिक वा धेरै टाढा रोपेमा
९. घुम्ती बाली प्रणाली र बाली विविधता नअपनाएमा
