हामीले हाम्रो कौसीमा फाइदा गर्ने किराको सम्रक्षण गर्न सकेउ भने ति किरा आफैले अरु सत्रुकिरा नियन्त्रण गर्न मद्दत गर्छन. केहि प्रभावकारी किराहरु यी हुन्
१. माकुरा: माकुराको जालोमा थुप्रै किरा हरु अल्झिन्छन्. एउटा मकुराले एक दिनमा करिब १७ ओटा उड्ने कीरालाई सिकार गर्छ
२. ७ थोप्ले खपटे : काउली बन्द रायोमा लाग्ने लागि नियन्त्रण गर्न साट थोप्ले खपटे धेरै प्रभावकारी हुन्छ. एउटा खपटे किराले एक दिन मा करिब १०० ओटा लाही खान सक्छ
३. नमस्ते किरा: नमस्ते किरा भुइँ मा बस्ने वा होचो उड्ने किरामा आक्रमण गर्छ.
४. भुडी फोरुवा: यो किरली पनि कमलो पेट भएका पुत्ला, खपटे, आदि किराहरुमा आक्रमण गर्छ
५. पतेरो: पतेरोले पनि आफ्नो छुचो सुड प्रयोग गरेर अन्य किराहरुमा आक्रमण गर्दछ
