तरकारी बालीमा बिरूवासँगसँगै अन्य झारपात पनि बढ्दै जान्छ र झार पातहरूले पानी, घाम, खाद्य तङ्खव र स्थानका लागि तरकारी बालीसँग प्रतिस्पर्धा गर्दछ । बिरूवाको वरिपरी उम्रने झारपात रोग कीराका आश्रयस्थल हुने हुदा बिरूवामा रोग कीराको आक्रमण हुने संभावना बढी हुन्छ । गोडमेल गरी जग्गा सफा राख्नाले उच्चस्तरको तरकारी उत्पादन गर्न सकिन्छ । गोडमेल गर्नाले माटोको अवस्था राम्रो र खुकुलो हुनाले जरे बाली राम्रो हुने र जराले राम्रोसँग खाद्य तङ्खव पाउने हुनाले अन्य बालीको उत्पादन पनि बढी हुन्छ । चुच्चे कुटोले हल्का गोडाई गर्नु पर्दछ र झार हटाई रहनुपर्दछ ।
