Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

घाम लाग्ने ठाउँमा लगाउने बाली: घामको ताप रुचाउने बालीहरु जस्तै खुर्सानी, क्याप्सिकम, टमाटर, भिण्डी, भन्टा, जुकिनी, सिमी आदिलाई कौसिमा राम्ररी घाम लाग्ने ठाउँमा लगाउन सकिन्छ ।

  • घाम नलाग्ने, शित्तल छहारी पर्ने ठाउँमा लगाउने बाली: घाम नलाग्ने शित्तल छहारी रहीरहने ठाउँमा सागपात, बन्दा, काउली, ब्रोकाउली, सलगम, चुकन्दर, गाँजर, मूला, मटरकोसा आदी लगाउन सकिन्छ ।
  • हावा लाग्ने ठाउँमा लगाउने बाली: खेतबारीमा भन्दा कौसीमा बढी हावा चल्ने भएकाले धेरै उचाइ र नरम डाँठ भएका बालीलाई हावाले भाँचेर नोक्सान पुर्याउन सक्छ । त्यसैले कौसी खेती गर्दा उचाइ कम भएका बालीहरु लगाउँदा बढी लाभदायक हुन्छ र यदी अग्ला बालीहरु लगाएमा राम्ररी थाँक्रा वा टेको दिनु अति आवश्यक हुन्छ ।
Scroll to Top