Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

“माटोमा फुल्छ जीवन, माटोमै बिलाउँछ

माटो बिना प्राणीले कसरी आहार पाउँछ ?!”

माटो सम्पूर्ण जिव, जन्तु र बनस्पतिहरुको जीवनको आधार हो । बिरुवालाई पोषण दिने काम पनि माटोकै  हो । बिरुवालाई आफु बच्नको लागि १६ थरिको पोषण चाहिन्छ । जस मध्य कार्बन, हाइड्रोजन र अक्सिजन गरी तीन थरिको  पोषण चाही हावा बाट लिन्छ भने १३ थरिको पोषण माटो बाट लिन्छ ।

माटो हामीले देख्दा एउटा ढिक्का जस्तो देखिएतापनि त्यसमा थुप्रै स-साना प्वालहरु हुन्छन जसमा हावा, पानि र जिबाँणु बस्दछन् । राम्रो माटोको पुरा आयतनमा आधा भाग हावा र पानीले ओगटेको हुन्छ । यस्तो माटो एकदम नरम र खुकुलो, बुर्बुराउदो हुन्छ । जुन माटो एकदम सारो र ढिक्का जस्तो हुन्छ त्यसमा हावा र पनि खेल्ने सतह हुदैन र माटो उत्पादन्सिल हुदैन ।

Scroll to Top