जसरी हामी मानिसलाई स्वस्थ रहन विभिन्न पौष्टिक तत्त्वको आवश्यकता पर्छ, त्यसरी नै बिरुवालाई पनिल स्वस्थ रहन र राम्रो उपज दिन फरक-फरक पोषण तत्त्व चाहिन्छ जुन बिरुवाले माटोबाट सोस्छन । बिरुवालाई आवश्यक पर्ने पोषण तत्वहरु तीन समूहमा विभाजन गर्न सकिन्छ:
मुख्य पौष्टिक तत्त्व: नाइट्रोजन,फस्फोरस, पोटास
सहायक पौष्टिक तत्त्व: क्याल्सियम, सल्फर, म्याग्नेसियम
सूक्ष्म पौष्टिक तत्त्व: फलाम, तामा, जिङ्क, म्यानगनिज, क्लोरीना, बोरोन, मोलिबडेनम
रसायनिक मलले माटो तथा वातावरणमा नराम्रो असार पुर्याउने हुनाले सकेसम्म यसको प्रयोग नगरौं । हामीले रसायनिक मल जस्तै युरियाको प्रयोग गर्दा बालीले नाइट्रोजन, फोस्फोरस र पोटास्मात्र प्राप्त गर्ने हुँदा अरु तत्त्व हरु कम हुन्छ । त्यसैले रसायनिक मल प्रयोग नै गर्ने हो भनेपनी ६०% प्राङ्गरिक मल जस्तै गोबर मल तथा कम्पोष्ट मल प्रयोग गर्नुपर्छ ।
- केही प्राङ्गारिक खेतीमा प्रयोग गर्न सकिने मलहरु:
गोबर मल: नाइट्रोजन,फस्फोरस, पोटास, सल्फर, फलाम, तामा, जिङ्क, म्यानगनिज, क्याल्सियम, म्याग्नेसियम, बोरोन, मोलिबडेनम
कम्पोष्ट मल: नाइट्रोजन,फस्फोरस, पोटास, म्याग्नेसियम, फलाम, तामा, जिङ्क, म्यानगनिज, क्याल्सियम, म्याग्नेसियम, म्यानगनिज
हड्डीको धुलो: फस्फोरस, क्याल्सियम, म्याग्नेसियम
तोरीको पिना: फस्फोरस, पोटास, फलाम, तामा, जिङ्क, म्यानगनिज, क्याल्सियम, म्याग्नेसियम
अण्डाको बोक्रा: क्याल्सियम, फस्फोरस, पोटास, फलाम, जिङ्क, म्याग्नेसियम
सुकेका पातहरु: फस्फोरस, पोटास, फलाम, तामा, जिङ्क, म्यानगनिज, क्याल्सियम, म्याग्नेसियम, बोरोन
खरानी: फलाम, तामा, जिङ्क, म्यानगनिज
