Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

कौसीमा मौसम अनुसार बालीको खेती गर्नपर्ने कुरा त तपाईहामी सबैलाई थाहा नै छ तर एकै समयमा कौसीमै विभिन्न सूक्ष्म जलवायु अवस्थाहरु चालु भइरहेका हुन्छ्न भन्ने कुरा थोरैलाई मात्र थाहा हुन्छ । हो, एकदमै ठिक सुन्नुभयो, हाम्रो घरको कौसीको कुनै कुनामा चर्को घाम लाग्छ भने कतै दिनभरी शित्तल छहारी हुन्छ त कतै अत्याधीक हावा चल्छ, कतै चिस्यान कायम भैइरहन्छ भने कतै घामले पानी छिट्टै स्वछेर सुक्खा हुन्छ । सानो ठाउँमा चालु भैइरहेका यिनै घाम, हावा, पानीका विभिन्न अवस्थालाई सूक्ष्म जलवायु अवस्था भनिन्छ। सूक्ष्म जलवायु पहिचान गरी बालीका आ-आफ्नो आवश्यकता अनुसार सही स्थानमा सही बाली लगाउनु अति महत्त्वपूर्ण हुन्छ । जस्तै काउलीबाली, सागबाली आदि चिसो रुचाउने बाली हुन त्यसैले कौसीमा यी बाली लगाउँदा छहारी तिर लगाउनुपर्ने हुन्छ भने फल लाग्ने बालीहरु घाम रुचाउँछ्न र यी बालीलाई घाम लाग्ने ठाउँतिर लगाउनुपर्छ । कुनै स्थानमा अत्याधिक चर्को घाम, हावा वा पानी लागेर बालीलाई असर गरेमा प्लाष्टिक तथा अन्य सामग्रीले छानो लगाएर बाली बचाउन सकिन्छ ।

Scroll to Top