Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

कौसी खेतीको लागि स्थल छनौट गर्दा बालीको आवश्यकता अनुसार प्रशस्त घाम लाग्ने ठाउँ वा छहारी पर्ने ठाउँ तथा सजिलोसँग पानी दिन सकिने ठाँउको छनौट गर्नुपर्छ । प्रयोग गर्न सकिने स्थान र त्यहाँ लगाउन सकिने बालीका किसिमहरु:

  • कौसी: सामान्य सबै किसिमका तरकारी, फूल तथा फलफुलहरु

  • बरण्डा: जडीबुटी तथा मसला बाली

  • घाम लाग्ने भित्ता: बोट्टललाई भित्तामा टाँगेर साना जरा हुने बाली तथा फूलहरु  

  • बरण्डाको रेलिङ्ग: आकर्षक फूलहरु तथा लहरे बालीहरु

  • सिडीको छेउ: घामको तापक्रम कम चाहिने बास्नादार बिरुवा तथा फूलहरु

  • घर–कम्पाउण्डको पर्खाल: लहरा लाग्ने बालीहरु

                          

पुनश्चः कतिपय घर, बरण्डाहरु प्राविधिक डिजाइन अनुसार नबनाइएको वा पुरानो छ भने कौसी खेतीगर्नु अघि भार थाम्न सक्ने नसक्ने बारे सम्बन्धित प्राविधिकको सल्लाह लिनु जरुरी हुन्छ ।

बालीहरूको किसिम र छनौट

 

कौसीमा खेती गर्न धेरै किसिमका बालीहरूको छनौट गर्न सकिन्छ जस्तै फलफूल बाली, तरकारी बाली, मसला बाली आदि । यहाँ मुख्यमुख्य बालीहरूबारे छोटकरी वर्णन गरिएको छ ।

Scroll to Top