Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा
  • पाकेको मल मात्र प्रयोग गर्ने, नपाकेको गोबरमल प्रयोग गर्दै नगर्ने

  • खनजोत तथा गोडमेल गर्ने समयमा देखिएका खुम्रे तथा माउ खपटेहरु बटुलेर नष्ट गर्ने वा हाँस माछा कुखुराहरुलाई दिने । वरिपरि बिगार हुने खालको बाली बिरुवा नभएमा खनजोत तथा गोडमेल गर्ने समयमा हाँस कुखुराहरुलाई सँग सँगै चराउन पनि सकिन्छ

  • बैशाख, जेष्ठ, असारको समयमा बत्तीको पासो थापेर माउहरुको संख्या न्युनीकरण गर्ने

  • रोप्ने बेलामा बीउ तथा बीरुवाको दर अलिक बृद्धि गर्ने ताकी केही बीरुवा खुम्रेले खाँदा पनि आबस्यक बिरुवा बाँकी रहुन

  • मेटारिजियम नामको ढुसी (जैबिक बिषादी) कम्पोष्ट मलमा मिलाएर वा जोत्दै गरेको माटोमा सिधै प्रयोग गर्ने

  • खुम्रे किराको नियन्त्रणमा प्रयोग गर्न सकिने जैविक विषादीहरु मध्य स्थानीय मेटारिजियमले ६८ प्रतिशत, औधोगिक मेटारिजियमले ५४ प्रतिशत, ब्यूभेरियाले ५१ प्रतिशत र कृषि चुनले ४१ प्रतिशत नियन्त्रण  गर्न सक्दछ ।

Scroll to Top