Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

बिहान बेलुकै सधै भात मात्र खाएर हामीलाई सन्तोक हुन्छ र? हाम्रो पेट ले सधै फरक फरक खानेकुरा माग्छ, त्यस्तै गरि खेतबारीमा पनि हामीले मौसम अनुसार बलि परिवर्तन गर्नु पर्छ । वर्ष भरि एउटा बारीमा गोलभेडा मात्र लगाउने हो भने त्यस्मा रोग किराको संक्रमण बढ्दै जान्छ । त्येसैले एक प्रकारको बालि झिके पछि अर्कै किसिमको बाली लगाउनु पर्छ ।

 कौसीमा लगाउने बालीको परिवार विभाजन: बालि चक्र आपनाउदा बोट बिरुवाको परिवारको ज्ञान हुनु आवस्यक छ । हाम्रो चलन चल्तीमा भएका बोट बिरुवा र तिनको परिवार यी हुन् ।

  •       काउली परिवार- काउली, बन्दा, ग्याठ कोबी, ब्रो-काउली, रायो, मुला, सलगम, आदि
  •       आलु परिवार: गोलभेडा, आलु, भन्टा, खुर्सानी, भिडे खुर्सानी आदि
  •       फर्सि परिवार- फर्सि, काक्रो, करेला, घिरौला, लौका, कुबिंन्ड़ो, चिचिँन्ड़ो, इस्कुस आदि
  •       कोसे बाली परिवार: केराउ, चना, सिमि, बोडी, इपिल इपिल, र कोसा हुने सबै बालि

बालि चक्र बनाउदा प्रत्येक मौसममा फरक फरक परिवारको बालि हुने गरि मिलाउनु पर्छ । एक वर्षमा कम्तिमा एकपटक सबै बारीमा कोसे बालि मिसाएको हुनु पर्छ जसले गर्दा माटोमा नाइट्रोजनको मात्र पर्याप्त मात्रामा हुन्छ ।   

हामीले खाने तरकारीको बिभाजन: हामीले खाने तरकारी उपयोग गरिने भाग हेर्ने हो भने ४ प्रकारका हुन्छन ।

  •       जरा खाने: आलु, तरुल, पिडालु, सखरखण्ड, गाजर, मुला, सलगम आदि
  •       कोसा खाने: कोसे बाली सबै
  •       पात खाने: साग, सुप, बन्दा, काउली आदि
  •       फल खाने: खुर्सानी, भन्टा, करेला, काक्रो, फर्सि आदि

बालि चक्र मिलाउदा मौसम अनुसार यी ४ प्रकारको पनि सन्तुलन मिलाउनु पर्छ । प्रत्येक मौसममा आफ्नो जमिनमा प्लट छुट्याएर यी ४ किसिमका तरकारी रोप्न पर्छ । यसरी रोपेमा माटोमा उर्बर सक्ति नि बलियो बन्छ, र आफ्नो भान्सामा सधै फरक फरक तरकारी खाना सकिन्छ ।

Scroll to Top