Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

जिवामृतको उपचार, 

जिबामृत भनेको के हो ?

जसरि दुधलाइ दहि बनाउन जिबाँणु चाहिन्छ, त्यसैगरि माटोमा पनि बिरुवाले खान नसक्ने पोषण खान सक्ने बनाउन जिबाँणु चाहिन्छ । हामीले याद गरेको छौ, भर्खर तातो पानीले माझेर दुध हालेको ठेकीमा राम्रो दहि बन्दैन । यस्तो किन हुन्छ भन्दा तातो तातो पानीले  सफा गर्दा त्यहाँ दहि जमाउन सक्ने ल्याक्टोब्यासिलस  जिबाँणु नस्ट हुन्छन् । त्यसैगरि जुकालाई नुन हाल्दा मरेको जस्तो, रसायन प्रयोग भएको माटोमा पनि जिबाँणु मरिसकेको हुन्छन। जिबामृत भनेको हामीलाई चाहिने त्यस्ता फाइदा गर्ने  जिबाँणुहरुको समिश्रण हो जुन सजिलै संग आफैँले घरमै तयार गर्न सकिन्छ । 

प्रांगारिक खेति गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको हाम्रो माटो हो । हामीले खेत बारीमा प्रयोग गर्ने मल र बिसादी अम्लीय किसिमका हुन्छन, जसले गर्दा हाम्रो माटो बिग्रिएको हुन्छ । त्यसैले प्रांगारिक खेति सुरु गर्दा सर्बप्रथम माटोलाई ध्यानमा राखेर माटो सुधार गर्नु पर्छ । 

हामी सबैलाई माटो निर्जीव छ जस्तो लाग्छ, तर माटो सजिब हो । मरभुमीको माटो, जहाँ उत्पादन हुदैन त्यो निर्जीव हो, तर हामीले उत्पादन गर्न सक्ने सबै माटो सजिब हो । यदि माटोको उत्पादन घट्दै गएको छ भने माटो निर्जीव हुदैछ भन्ने बुझ्नु पर्दछ । यो माटोलाई सजिब कि निर्जीव बनाउने काम भनेको त्यहाँ भएका जिबाँणुहरुको हो । हाम्रो उत्पादन घट्दै गएको माटोबाट बढी उत्पादन लिनको लागि हामीले माटोमा ति जिबाँणुहरुको संख्या बढाउनु पर्दछ । माटोमा भएको पोषण सिधै बिरुवाले खान सक्दैन । त्यो पोषणलाई बिरुवाले खान सक्ने बनाउने काम जिबाँणुले गर्दछ । त्यसैले हाम्रो माटो सुधार गर्नका लागि जिबाँणुको ठुलो भूमिका रहन्छ । 

माटोमा जिबाँणु किन चाहिन्छ ?

  • सामान्य माटोमा हामीले हालेको मलको पोषण एकैछिनमा बगेर वा उडरे सकिन्छ, तर जिबाँणु भएको माटोमा पोषण संचित भएर बस्न सक्छ ।
  • जिबाँणुले माटोमा लुकेर बसेको पोषण बिरुवाले खान सक्ने सतहमा ल्याउन मद्दत गर्छ।
  • माटोलाई खुकुलो र नरम बानाई काम गर्न सहज बनाउछ । 
  • माटोमा हावा पानीको मात्रा जोगाएर राख्न मद्दत गर्दछ । 
  • बिरुवामा धेरै रोग आउने माटोबाट हो । जिबाँणुले माटोमा भएको हानी गर्ने किटाँणु नस्ट गर्न सक्छ र बिरुवामा रोग देखा पर्दैन ।

जिबामृत बनाउने सरल तरिका

जिबामृत  आफ्नै घरमा तयार गर्न सकिन्छ । 

  • आवश्यक समाग्रीहरु:

२० लिटरको ट्यांकी

लुगा धुने बाटा

१ केजी गोबर

२ लिटर गाईको पिसाब

1 केजी सक्खर

1 केजी बेसनको पिठो

1 लिटर दहि र मोही

  • बनाउने बिधिः

सर्बप्रथम एउटा २० लिटरको खाली भाँडो लिने ।

अनि अर्को बाटामा २ लिटर पानि राख्ने ।

त्यो पानीमा १ किलो बेसनको पिठो हाल्ने र लेदो हुने गरि मज्जाले मुछ्ने । यसरी तयार गरिएको पिठोलाइ २० लिटरको खाली भाँडामा हालिदिने ।

त्यहि बाटामा फेरी २ लिटर पानी लिने र त्यसमा १ किलो सक्खर घुलाउने र त्यसलाई पनि ट्यांकीमा हालिदिने ।

फेरी २ लिटर पानि लिने र २ केजी जंगलको माटो त्यसमा हालेर चलाउने . ढुंगा भेटियो भने त्यसलाई फालिदिने र माटोलाई लेदो बनाउने अनि यसलाई पनि ट्यांकीमा हालिदिने ।

अब त्यो ट्यांकीमा १ लिटर गाईको पिसाब र गोबर हाल्दिने र मज्जाले चलाउने. अनि त्यसमा दहि पनि हालिदिने अनि फेरी चलाउने . र अब ट्यांकीमा थप १५० लिटर पानि राखि छोपिदिने ।

यसरि तयार गरेको जिबामृतलाई दैनिक २ पटक चलाउनु पर्दछ ।

गर्मीको महिनामा १ हप्ता र जाडो को समयमा २ हप्तामा तयार हुन्छ जिबामृत ।

  • प्रयोग गर्ने तरिका

यसरि तयार भएको जिबामृत लाई सिधै माटोमा प्रयोग गर्न सकिन्छ । खनेर राखेको माटोमा प्रयोग गर्दा माटोको भित्र भित्र सम्म जान सक्ने भएको हुनाले एकपटक जोतेको माटोमा प्रयोग गर्दा रामो नतिजा आँउछ । २०० लिटर जिबामृत ३ कट्ठा वा २ रोपनी जमिनमा प्रयोग गर्न पर्याप्त हुन्छ ।

Scroll to Top