Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

तपाईंले आफ्नै घर वा वरपरका बालबालिका लाई देख्नुभएको होला, कसैलाई कती धेरै हेरचाहा, स्यहार सुसार गर्दा पनी पुगिराखेको हुँदैन, कोही भने थोरै हेरचाहा गर्दा पनि खुशी नै हुन्छ्न । बाली हुर्काउनु पनि एक तरिकाले बालबालिका हुर्काए सरह नै हो ।  बाली लगाउँदा पनि नियमिता रूपमा त्यसको हेरचाहा गर्नुपर्ने हुन्छ । तर बालबालिका जस्तै कुनै बालीहरुलाई नियमित अनि धेरै हेरचाहाको खाँचो हुन्छ भने कुनै बालीहरुलाई थोरै हेरचाहा गर्दा पनि मज्जाले हुर्केर उत्पादन दिन्छ्न । यदी तपाईंसँग कौसी खेतीका लागि पर्याप्त समय अनि जोस जाँगर छ भने धेरै हेरचाहा चाहिने बालीहरु लगाउन सक्नुहुन्छ । तर यदी तपाईंसँग पर्याप्त समय छैन तर आफ्नै कौसीको उत्पादन उपभोग गर्न मन छ भने पनी न आत्तीनुहोस किनकी तपाइँले थोरै हेरचाहा चहिने बाली लगाएर सजिलै हुर्काउन सक्नुहुन्छ ।

  • थोरै हेरचाहा चाहिने बालीहरु: रायो साग, मूला, टमाटर, खुर्सानी, क्यप्सिकम, सिमी, मटरकोस, केलको साग, स्विस चार्ड, बन्दा, चुकन्डर, ब्रोकाउली, स्ट्र्बेरी, कागती, ड्र्यागन फल आदी ।
  • धेरै हेरचाहा चाहिने बालीहरु: गोलभेडा, भिडे खुर्सानी, बर्खे काउली,आलु, गाँजर, प्याज, बैंगन, सखरखण्ड, कुरिलो, छ्यापी, जुकिनी अन्य फलफूलहरु आदी ।
Scroll to Top